बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डढेलो नियन्त्रणका लागि सरकारलाई निर्देशन

बुधबार, १५ वैशाख २०७३, १६ : ४३
बुधबार, १५ वैशाख २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद, वातावरण संरक्षण समितिले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागी (डढेलो) नियन्त्रण गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन गरेको छ ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको आगामी कार्यक्रम र बजेट सम्बन्धमा समितिको आजको बैठकले जतिसक्दो चाँडो आगलागी नियन्त्रण गर्न निर्देशन गरेको हो ।

बैठकमा सहभागी सांसदले डढेलोका कारण मानवीय क्षति हुनुका साथै वन जङ्गल मासिदासमेत नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयले ठोस पहल नगरेको धरणा राखेका थिए ।

वन तथा भू–संरक्षणमन्त्री अग्नि सापकोटाले डढेलो नियन्त्रणसँगै दोषी पत्ता लगाई कारबाही गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन गरिसकेको जानकारी दिए । मन्त्री सापकोटाले भने, “आगलागी÷डढेलो नियन्त्रण कसरी नियन्त्रण गर्ने भन्नेबारे, सम्बन्धित निकायसँग तीव्र छलफल भइरहेको छ ।” आगलागीबाट सबैभन्दा बढी उत्पीडित समुदायले क्षति व्यहोर्नु परेको उनको भनाइ छ ।

मन्त्री सापकोटाले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, उत्खनन, चरिचरण, बसाइँ सराइको प्रभावलाई पनि व्यवस्थित गरिने जानकारी दिऐ ।

सांसद परशुराम तामाङ र कमला विश्वकर्माले ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रको विकासका लागि सरकारले बजेट बढाउनुपर्नेमा जोड दिए ।

समिति सभापति जनकराज चौधरीले चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण र दिगो विकासका लागि सरकारी तवरबाटै योजना बनाउनुपर्नेमा जोड दिए । आर्थिक वर्ष २०६७÷६८ देखि राष्ट्रिय प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ वन तथा भू–संरक्ष्ण मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको छ ।

चुरे बिनासबाट सिर्जित भएका वा हुनसक्ने सम्भावित नकारात्मक असरलाई समेत न्यूनीकरण गर्ने उद्देश्यका साथ २०७१ मा ‘राष्ट्रपति चुरे–तराई मेधस संरक्षण विकास समिति’ गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप