बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के भन्छन् पुनःनिर्माणमा खटिएका इन्जिनियर ?

बुधबार, १५ वैशाख २०७३, १६ : ४६
बुधबार, १५ वैशाख २०७३

काठमाडौँं - महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले भारतको पटनामा जारी शिक्षण पेसा छाडेर प्राविधिक भई स्वदेश फर्कन प्रेरित ग¥यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादव अहिले पुनःनिर्माण अभियानको रोजगारीसहित पीडितको सेवा गर्ने अवसर पाउँदा प्रशन्न छन् ।

पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज ९एनसेट० र युएसआइडीको सहयोगमा सम्पन्न दुई दिने अभिमुखीकरणमा सहभागी भएपछि यादवले भने, “मैले यस नयाँ काममा पैसाको मुख हेरेको छैन, राष्ट्रको सेवाको अवसर देखेको छु, अनि सरकारी सेवा प्रवेशले स्थायित्वको सम्भावना पनि मानेको छु ।”

प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एकैसाथ एक हजार ३४७ इन्जिनियर खटाएको हो । कुल तीन हजार आवेदक मध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सव इन्जिनियर खटाइएको छ । यी नयाँ जिम्मेवारी बोक्नेलाई निजी आवासका विभिन्न १७ ढाँचा दिइएको छ । स्थानीय प्रकृति र संस्कृति सुहाउँदो घर बनाउन पुनःनिर्माणको नीति बमोजिम उनीहरुले परामर्श दिनेछन् ।

सप्तरीका धीरेन्द्र यादव पनि तालिम पाएर भूकम्प प्रभावित जनताको घरदैलोमा प्राविधिक सल्लाहकारको रुपमा जान पाउँदा खुसी देखिए । यादवले प्रभावितले पाउने घर निर्माणको अनुदान रकमको किस्ता र त्यसका प्रक्रियामा गाविस सचिव र जिल्ला विकास समितिलाई आवश्यक सहयोग पनि गर्नेछन् ।

बीस वर्षअघि इन्जिनियरिङ्मा स्नातक गरेका काठमाडौँका निशा तुलाधर पनि सोही अभियानमा खटिनुभएको छ । उनी यसअघि एक गैरसरकारी संस्थामा काम गर्थे । प्राधिकरणले महिलाका लागि काठमाडौँ उपत्यका क्षेत्रमा काम गर्न प्राथमिकता दिएकाले तुलाधरले आवेदन दिएको बताउनुभयो । पुरुष प्राविधिकलाई रोलक्रम ९१,२,३० अनुसार क्रमशः उपत्यका बाहिरका स्थानमा खटाउने सरकारको नीति छ ।

बाँकेका प्रकाश भण्डारी भविष्यमा सरकारी सेवामा आफ्नो अनुभव र क्षमता देखाउन पाउने सम्भाना देखेकाले आवेदन दिएको जनाए । भण्डारीले भन्नुभयो, “यसमा हामीले पैसाको भन्दा पनि देश सेवा र जनसेवालाई बढी जोड दिएका छौ ।”

धनुषा घर भएका सुरेन्द्रकुमार शाह पनि सिन्धुपाल्चोकका एक अन्तर्राष्ट्रिय गैरससको काम छाडेर पुनःनिर्माणको प्राविधिक बन्न आएको बताउँदै देशको सेवा गर्न पाउनु एक प्रकारको धर्म पनि भएको जनाए ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा हालसम्म १३ हजार इन्जिनियर दर्ता भएको देखिन्छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफू पनि सोही क्षेत्रको उत्पादन भएकाले यति धेरै सङ्ख्यामा राज्यले इन्जिनियर खटाएको यो पहिलो अवसर भएकाले अब मुलुक पुनःनिर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए ।

नवनियुक्त प्राविधिकलाई आज विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप