बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सात प्रदेशमा औद्योगिक क्षेत्र विस्तार : मन्त्री पाण्डे

बुधबार, १५ वैशाख २०७३, १७ : ०४
बुधबार, १५ वैशाख २०७३

नगरकोट - उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले सात प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्न लागेको बताएका छन् ।

रफत् रञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशको औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गरी सातै प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक जग्गा छुट्याइसकेको बताए ।

उहाँले आउँदो मे महिनाबाट चिनियाँ टोलीको सहयोगमा दैलेख, मुस्ताङ र उपत्यकाको ग्यास उत्खननको काम सुचारु गरिने जानकारी दिए ।

मन्त्री पाण्डेले बन्द रहेका नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट, गोरखाली टायल उद्योग, उदयपुर सिमेन्ट, वीरगन्ज चिनी उद्योगलगायतका कारखाना अब बन्द नहुने गरी सञ्चालनमा ल्याउन लागेको बताए ।

भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनका कारण सबैभन्दा बढी प्रभावमा झेलिएको नेपालको औद्योगिक क्षेत्रले भर्खरै बामे सर्न थालेको बताउँदै सरकार निजी क्षेत्रका उद्योगलाई सक्दो सहयोग गर्नेछ उनले भने ।

फरक प्रसङ्गमा वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको भन्दै वर्तमान सरकार दुई वर्षसम्म कसैले चाहेर पनि परिवर्तन गर्न नसक्ने मन्त्री पाण्डेको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप