बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा

बुधबार, १५ वैशाख २०७३, १७ : २७
बुधबार, १५ वैशाख २०७३
काठमाडौं–ग्लोबल आइएमई बैंकले सातौँ इपिएस कोरियन भाषा परिक्षाको लागि देशभरका बिभिन्न स्थानहरुमा काउण्टर स्थापना गरेर परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । यस बर्ष काठमाण्डौँ उपत्यकामा महेन्द्र आदर्श बिद्याश्रम, सातदोबाटो, ल्यावरटरी स्कल किर्तिपुर, च्यासल खेलमैदान, बालकुमारी, नेपाल वेद विद्यााश्रम संस्कृत मा.वि., गौशाला र काठमाण्डौँ भ्याली स्कुल, महाराजगञ्ज गरि ५ स्थान र उपत्यका बाहिर पोखरा, बुटवल, धरान, जनकपुर र डडेलधुरामा गरि ५ स्थानहरुबाट भाषा परिक्षा फारम बुझाउने व्यवस्था मिलाइए अनसार ग्लोबल आइएमई बैंकल ति १० स्थानहरुमा काउण्टर स्थापना गरेर सेवा प्रदान गरेको हो । नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्ने सुरुवातकाल देखि नै ग्लोबल आइएमई बैंक एकमात्र बैंक हो । बुधबार दखि सुरु गरिएका सेवा शनिबारसम्म सञ्चालन रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप