बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संघीय गठबन्धनले बुझायो ३६ वुँदे ज्ञापन पत्र

बुधबार, १५ वैशाख २०७३, १७ : २८
बुधबार, १५ वैशाख २०७३
राजविराज– मधेसी मोर्चा आबद्ध दल तथा जनजाति दलहरू मिलेर वनेको संघीय गठबन्धनले वुधवार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतममार्फत ३६ वुँदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाएको छ । मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र मण्डलद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा गठवन्धनले तयार गरेको २६ बुँदे र स्थानीय स्तरमा तयार गरिएको १० वँुदे गरी ३६ वुँदे माँग समेटीएका छन् । पहिलो संविधान सभावाट गठित राज्य पुनर्संरचना तथा राज्य शक्ति वाँडफाँड समिति तथा राज्य पुनर्संरचना आयोगको सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरुसँग भएको सम्झौताहरु तथा प्रदेशहरु स्वायत्त र अधिकार सम्पन्न हुनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ । यसैगरी प्रदेशहरुभित्र ऐतिहासिक थातथलो कायम भएका जातीय समुह, आदिवासी, जनजाति, मुस्लिम, शिल्पी समुदाय (दलित), पिछडावर्ग, सिमान्तकृत, अति सीमान्तकृत र लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरुको ब्यवस्था गरिनुपर्ने र खस समुदाय समेतलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने माग छ । संघिय गणतन्त्र नेपालका सवै अंग, तह र निकायमा सरकारी कामकाजमा वहुभाषिक निति लागु गरिनुपर्ने, राज्यले प्रयोग गर्ने भाषहरुलाई संविधानमा सूचिकृत गरिनुपर्ने, र सवै भाषहरुको संरक्षण र विकास गर्ने दाईत्व राज्यले लिनुपर्ने माग समेत ज्ञापन पत्रमा समेटिएको छ । यसैगरी स्थानीय मागहरुमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताललाई ब्यवस्थित गर्नुपर्ने, राजविराज एयरपोर्ट यथासिघ्र संचालन गर्नुपर्ने, हुलाकी राजमार्गको यथासिघ्र निर्माण कार्य सुरु गर्नुपर्ने, सप्तरी सदरमुकाम राजविराजलाई पहाड र भारतको वोर्डरसम्म जोडनका लागि कुनौली–राजविराज–रुपनी–गाईघाट सडक निर्माण कार्य अविलम्व सुरु गर्नुपर्ने लगायतका माग छन् । ज्ञापन पत्र वुझाउन मोर्चा संयोजक मण्डलको नेतृत्वमा उपलब्ध पार्टीका केन्द्रिय पदाधिकारी, सदस्य देखि जिल्ला स्तरका नेता÷कार्यकर्ताहरुको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप