बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता

बुधबार, १५ वैशाख २०७३, १७ : ३४
बुधबार, १५ वैशाख २०७३
काठमाडौं, –एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बंैक्एसुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको उक्त कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ए.के अहलुवालिया र मेटलाइफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर गरे । यस संझौता पश्चात्, अब एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउनेछन् । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप