सोलु करिडोरबारे विज्ञसँग छलफल गरिने, उजुरीकर्ताबारे लेखामा प्रश्न उठ्यो !
काठमाडौं–मोहन ईनर्जिलाई ठेक्का दिने निर्णयसँगै शुरु भएको १३२ केभी विद्युत्त प्रसारण लाईनको विवाद अझै टुंगिएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत हुँदै संसदको सार्वजनिक लेखा समितीमा पुगेको सोलु करिडोर प्रकरणबारे सार्वजनिक लेखा समिती बुधवार पनि निर्णयमा पुग्न सकेन । केहिदिन अघी देखी लगातार छलफल गरिरहेको समितीले बुधवार बैठक बसेर यसबारे विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ । ‘सचिवालयले प्राविधीकहरुसँग छलफल गरेर राय पेश गरेपछी हामी अन्तिम निर्णय लिन्छौं’ लेखा समितीका सभापती जनार्दन शर्माले भने, ‘यसमा सार्वजनिक खरिद अनुगमनको पनी राय लिन्छौ, विद्युत प्राधिकरणको विज्ञहरुसँग पनी छलफ गर्छौ ।’ समितीले सोलु करिडोर बारे केही अस्पष्ट कागजात प्राप्त भएको भन्दै उर्जा मन्त्रालयलाई स्पष्ट डकुमेन्ट पेश गर्न निर्देशन दिएको छ । बुधवारको बैठकमा सांसदहरुले सोलु करिडोरको ठेक्का प्रकरण गतल भएको भन्दै लेखामा उजुरी गर्ने उजुरीकर्ताको बारेमा प्रश्न उठाए । ‘उजुरीकर्ता दिपक भट्ट को हुन ?’ बैठकमा प्रश्न गर्दै सांसद पशुपती चौलागाईंले भने, ‘कुनै ब्यक्तिले हालेको उजुरी उपर समितीले छलफल गर्ने की नगर्ने यसरबो हामी सजग रहनुपर्छ ।’ नेपाली कांग्रेसका सांसद धनराज गुरुङले उजुरी कर्ताको नाम दिपक बोहोरा रहेको उल्लेख गर्दै उजुरीपत्रको साथमा उनको नागरीताको फोटोकपी भए नभएको बारे प्रश्न गरे । ‘उजुरीकर्ता दिपक बोहोरा र सोलु करिडोरको ठेक्का नपाउने ज्यागुअर कम्पनीको बिचमा के सम्वन्ध छ ?’ गुरुङले भने, ‘यसबारेको उजुरी नै फेक छ, हामी नक्कली उजुरीमा छलफल गरिहेका छौं ।’ त्यस्तै सोलु करिडोरबारे समितीमा उजुरी गर्नेको ठेगाना काठमाडौंको किर्तीपुर रहेको उल्लेख गर्दै सांसद राजेन्द्र केसीले भने, ‘मैले मतदाता नामावली पल्टाएर हेरेँ,दिपक बोहोराको नाम काठमाडौंको १० नं क्षेत्रको मतदाता नामावलीमा छैन ।’ राधा ज्ञवाली उर्जामन्त्री भएको बेला भारतीय कम्पनी मोहन ईनर्जिलाई सोलु करिडोर निर्माणको जिम्मा दिने निर्णय भएको थियो । भारतकै अर्को कम्पनी ज्यागुअरले ठेक्का नपाएसँगै जन्मिएको सोलु करिडोरको विवाद अझै टुंगिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण