यु–१४ फुटबल : नेपाल भारी अन्तरले पराजित
बुधबार, १५ वैशाख २०७३, २१ : ०९
काठमाडौँ- एएफसी चौध वर्षमुनि (यु–१४) को छात्रा रिजनल फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपाल भारी अन्तरले पराजित भएको छ ।
ताजकिस्तानको एभिएटर स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपाल–भारत ९–० को भारी अन्तरले पराजित भएको हो । एकतर्फीय खेलमा भारतले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । त्ससपछि नरोकिएको भारतले खेलको ११ औँ मिनेटमा दोस्रो गोल ग¥यो भने पुनः १३ औँ मिनेटमा अर्को गोल थप्यो । नेपालकी सरिता न्यौपानेले १८ औँ मिनेटमा आत्मघाती गोल गरेपछि नेपाल झन् निरास हुन पुग्यो ।
त्यस्तै, खेलको ३० औँ, ३९ औँ, ४४ औँ र ४५औँ मिनेटमा भारतले लगातार गोल गरेपछि थप निरास बनेर त्यसपछि सम्हालिन नसकेको नेपालले ६५ औँ मिनेटमा नवौँ गोल खायो ।
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ । विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी, समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित किर्गिस्तान, भुटान र इरान छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण