मातेको सुरमा बाबुको हत्या
बिहीबार, १६ वैशाख २०७३, ०६ : ४६
भोजपुर–मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुन् ।
मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिए ।
बाबुको हत्या गर्ने प्रल्हादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जाँडरक्सी खाने बानीकै कारण उनका दुईवटी श्रीमतीले छाडेर गइसकेका छन् भने उनकी आमा पनि छोरीको घरमा गएर बस्ने गरेको स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण