बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

बिहीबार, १६ वैशाख २०७३, ०७ : २०
बिहीबार, १६ वैशाख २०७३

वालिङ– स्याङ्जामा बुधबार दिउसो आँधीखोलामा डुबेर एक महिला र रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार लुगा धुनेक्रममा चिप्लिएर आँधीखोलामा डुबेर अन्दाजी ४० वर्षिया शिवकुमारी माझीको ज्यान गएको हो । माझीको शवलाई पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

त्यसैगरी आज दिउसो भीरकोट नगरपालिका वडा नं. १० निवासी १७ वर्षिया एक किशोरीको रुखबाट खसेर मृत्यु भएको छ । काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा खसेर दुर्गा खत्रीको ज्यान गएको हो । खत्रीको उपचारकाक्रममा जिल्ला अस्पताल स्याङ्जामा ज्यान गएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप