अस्ट्रेलियामा नेपाली राजदूतलाई भव्य कार्यक्रम गरी बिदाई
अष्ट्रेलिया–अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेरा (Australian Nepalese Friendship Society) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालको औपचारिक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियामा चार वर्ष रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा एक विशेष समारोहबीच सांगीतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरेर नेपाललाई औपचारिक बिदाई गरेको हो ।
रुद्र कुमार नेपाल सन् २०१२ को मे महिनामा नेपालको तर्फबाट अष्ट्रेलियाको लागि रादूत नियुक्त भएका थिए । राजूदतको जिम्मेवारी सम्हालेदेखि नै नेपालले अष्ट्रेलिया र नेपालबीचको कुटनैतिक सम्बन्ध विस्तारका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका थिए । अष्ट्रेलियामा रहेका नेपाली समुदाय एनआरएन अष्ट्रेलियनसँग समन्वय गर्दै हरेक नेपालीको सुख दुःखमा साथ दिदै आएका नेपालले अष्ट्रेलियाामा पढ्न आएका नेपाली विद्यार्थीहरुको समस्यालाई पहिलो प्राथमिकता दिँदै आएका थिए ।
नेपाली विद्यार्थीहरुको समस्या हलका लागि अष्ट्रेलियाको फिडरल सरकार (Federal Government) सँग समन्वय गर्दै विशेष पहल उनले गरेका थिए । नेपाल सरकारले जारी गरेको एमआरपी (MRP) अर्थात मेसीन रिडेवल पासपोर्ट (Machine Readable Passport) को व्यवस्थालाई लागू गराउन राजदूत नेपालले एनआरएन अष्ट्रेलियन समुदायसँग परामर्श र भेट गर्दै भूमिका निर्वाह गरे ।
हरेक पासपोर्ट होल्डरको नाम अनलाइनमा राख्ने र त्यसको प्रोसेसलाई ट्रयाक गर्ने कामलाई सरल सहज तवरबाट अगाडि बढाउँदै नेपालीबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेका नेपालको कामको सबैतिरबाट प्रशंसा गरिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण