बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुटबल पारखीहरुको लागि डिसहोमले ल्यायो नयाँ योजना

बिहीबार, १६ वैशाख २०७३, ०८ : ०९
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं–नेपाली फुटबल पारखीहरुले अब घरमै बसी राजधानी तथा मोफसलमा संचालन हुने ए डिभिजन स्तरीय फुटबल खेलहरुको डिसहोममा प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन् ।

डिसहोमले यही वैशाख १६ गते देखि २३ गते सम्म नेपालगञ्जमा संचालन हुने प्रथम नेपागञ्ज गोल्ड कप फुटबल प्रतियोगिता–२०७३ को आफ्नो च्यानल नं ११४ मा प्रत्यक्ष प्रशारण गर्ने भएको छ । वैशाख १६ गते बेलुकी ३ बजे र अन्य खेलहरु बेलुकी ४ बजेबाट प्रशारण हुनेछन् ।

‘समग्र नेपाली फुटबलको विकास र नेपाली फुटबल प्रशंसकहरुले देशभर संचालन हुने विभिन्न फुटबल प्रतियोगिताहरु घरमै बसी प्रत्यक्ष प्रशारण हेर्न पाउन् भन्ने उद्देश्यले हामीले यसको सुरुवात गरेका हौं ।’ कम्पनीको नायव महाप्रवन्धक कल्याण अधिकारी भन्छन् ‘यसअघि पनि हामीले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको प्रत्यक्ष प्रशारण गरेका थियौँ र यसबाट प्राप्त धेरै नेपाली फुटबल समर्थकहरुको सुझाव र उत्साहजनक हौसलाले गर्दा पनि हामीले देशभर संचालन हुने प्रतियोगिताहरु दर्शकहरुमाझ प्रत्यक्ष लिएर आउन लागेका हौं ।’

नेपालगंज गोल्ड कप वैशाख १६ गते देखि नेपागञ्ज रंगशालामा आयोजना हँुदैछ । यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपीएफ, सरस्वती क्लब, वेष्ट काठमाडौं एफसी, नेपालगञ्ज ११, सुदुर पश्चिम ११, रुपन्देही ११ र लखनउ (भारत) लगायतका टिमहरु प्रतिस्पर्धा गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप