बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकीय बस्ती घोडेपानीमा खानेपानीको समस्या

बिहीबार, १६ वैशाख २०७३, ०८ : १७
बिहीबार, १६ वैशाख २०७३

म्याग्दी – म्याग्दीको घार गाविस–१ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा खानेपानीको समस्या भएको छ । घोडेपानीमा खानेपानी आपूर्तीमा प्रयोग भएका संरचना र पुर्वाधारको क्षमत्ताले धान्न नसकेपछि समस्या भएको हो ।

मुहानबाट पानी ल्याउने पाईप र रिजर्भ टंकीको क्षमत्ताले माग धान्न नसकेपछि खानेपानीको अभाव सिर्जना भएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनबहादुर पुनले बताए । नयाँ घर निर्माण हुने, पुराना होटलले क्षमत्ता बढाउने तथा पर्यटकको आगमन बढ्ने क्रमसंगै पिउने र सरसफाईमा प्रयोग हुने पानीको अभाव भएको हो । मुहानमा पर्याप्त पानीको स्रोत भएपनि पाईप र रिजर्भ टंकी सानो भएकाले माग अनुसारको आपूर्ती हुन सकेको छैन् । प्रतिसेकेण्ड एक लिटर पानीको माग भएपनि आधा लिटर मात्रै आपूर्ती हुदै आएको छ । ४३ घरधुरी रहेको घोडेपानीमा एक दिनमा पाँच सय जना बास बस्न सक्ने २३ वटा सुबिधायुक्त होटल रहेका छन् । पर्यटकको चापसंगै होटलमा पानीको खपत बढ्दै गएको हो ।

समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा हिमपातको समयमा पाईपमै पानी जम्ने गर्छ । पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि क्षमत्ता विस्तारका लागि नयाँ आयोजनाको लागि सरकारी र दातृ निकायसंग पहल भैरहेको घोडेपानी स्थित होटल सन्नीका सञ्चालक डमबहादुर पुनले बताए ।

उनका अनुसार गत हप्ता घोडेपानी भ्रमणमा आएका नेपालका लागि भारतीय राजदुत रणजित रेसंग खानेपानी आयोजना निर्माणका लागि आर्थिक तथा भौतिक सहयोगको प्रस्ताव पेश गरिएको छ । यसअघि आठ वर्षअघि दुतावासको सहयोगमा त्यहाँ खानेपानी आयोजना निर्माण भएको थियो । घोडेपानीमा दरीमा र लरेनीको मुहानबाट पानी ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप