बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिपुरा सुन्दरी मन्दिरमा एकबर्षमा चारलाख भेटी संकलन

बिहीबार, १६ वैशाख २०७३, ०८ : ३१
बिहीबार, १६ वैशाख २०७३

डोल्पा–डोल्पाको त्रिपुराकोट गाविसस्थित त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी मन्दिरमा चार लाख भेटी जम्मा भएको छ ।

विजया दशमी र चैत्र अष्टमी गरेर एक लाख साठी हजार दुईसय पैतालिस जम्मा भएको र खर्च दुई लाख एक्काईस हजार सात सय बिस भएको पुजारी उमाकान्त न्यौपानेले बताए ।

दँशै बाहेक बाह्र महिनाको मासिक भेटी दुई लाख ४७ हजार सात सय ४० उठेकोमा खर्च एकलाख ९८ हजार पाँच सय ८० भएको न्यौपानेले बताए ।

नेपालकै प्रशिद्ध मन्दिर त्रिपुरा सुन्दरीमा भक्तजनहरुलाई खानबस्नको सम्पूर्ण व्यवस्थामा खाद्य उपभोग्यवस्तु खरिद गर्नुपर्ने हुँदा आम्दानीभन्दा खर्च बढ्ने गरेको उनले बताए ।

एकबर्षमा पाँच हजारभन्दा धेरै भक्तजनहरु मन्दिरमा पुजाआजाको लागि आउने पुजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसबर्ष पुजा व्यवस्थापनमा सबै खर्च छुट्याएर मन्दिरलाई ४१ हजार सातसय दश आम्दानी भएको समितिले जानकारी दियो ।

बुधवार गरिएको सम्पूर्ण सरोकारवालाहरुको भेलामा मन्दिरको भेटि सार्वजानिक गरिएको थियो ।

मन्दिरको पुजा व्यवस्थापन प्रत्येक बर्ष छ घर न्यौपाने थरका पुजारीले पालैपालो गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप