व्यवसायीको मिलेमतोमा चिनीको भाउ ह्वात्तै बढ्यो, के गर्दैछ सरकार ?
काठमाडौं– मधेस आन्दोलन तथा भारतको नाकाबन्दी अघि प्रतिकिलो ६० देखि ६५ रुपयाँ रहेको चिनीको मूल्य अहिले भने बढेर ८० देखि ८५ रुपयाँसम्म पुगेको छ । नाकाबन्दी र मधेस आन्दोलनको समयमा समेत नबढेको चिनीको मूल्य अहिले भने एकाएक बढेपछि उपभोक्ता आक्रोसित भएका छन् ।
‘त्यत्रो नाकाबन्दीको समयमा समेत प्रतिकिलो ६० का दरले चिनी किनियो, अहिले भने ८५ रुपयाँ सम्म तिनुपर्ने अवस्था छ’, राजधानीको बालाजुकी मैया थापाले भनिन्, ‘अहिले एकाएक किन चिनीको भाउ बढ्यो ?’
व्यावसायीहरुका अनुसार यसवर्ष जति उखुको क्रसिङ हुनुपथ्र्यो त्यो हुन सकेन । देशमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन चिनीको माग हुँदै आएकोमा यसवर्ष १ लाख ६५ हजार मेट्रिक टनमात्रै चिनी उत्पादन भएको छ ।
यसो हुनुको पछाडि मधेस आन्दोलन नै भएको व्यावसायीहरुको भनाई छ । यसमाथि विगतमा १२० दिन उखुको क्रसिङ हुँदै आएकोमा यसवर्ष ६० दिनमात्रै उखुको क्रसिङ भएको बताइएको छ ।
यसरी उखुको क्रसिङनै कम हुनु, साल्ट ट्रेलिङसँग पनि चिनीको मौज्दात घट्दै जानु तथा सरकारले पनि बेलैमा चिनीको आयातबारे निर्णय लिन नसक्दा भाउ बढेको बताइन्छ ।
जानकारहरुका अनुसार अहिले चिनीको बजार भाउ जसरी महंगिएको छ, त्यो अझैं बढ्ने मात्रै छैन बेलैमा सरकारले आवश्यक निर्णय लिन नसके दशैं तिहारको सिजनमा चिनीको हाहाकार नै हुन सक्ने खतरा छ । नेपालमा चाडबाडको महिनाबाहेक अन्य महिनामा मासिक २० हजार मेट्रिक टनसम्म चिनी खपत हुन्छ । चाडबाडको महिनामा २५ हजार मेट्रिक टनसम्म खपत हुन्छ।
स्रोतका अनुसार नियमित रूपमा भारतबाट सहुलियत मूल्यमा खरिद गरेर चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनको स्टकमा चिनि कम भएपछि व्यवसायीहरुले चिनीको भाउ बढाएका हुन् ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनीको मूल्य वृद्धि भएको बताउँदै नाकाबन्दी, आन्तरिक बन्दहडताल तथा उखुको अभावमा लागत मूल्य बढ्दा यस्तो भएको दाबी गरे । उनले यस्तो दाबी गरेपनि बजारमा चिनीको स्टक कम हुनुनै मूल्य बृद्धिको कारण भएको स्रोतको दाबी छ । यसमाथि विगतका वर्षहरुमा भन्दा कच्चा उखुको मूल्य कम रहेको छ ।
यसरी व्यवसायीले मनमरी रुपमा मूल्य बढाएको अवस्थामा सरकारले भने प्रभावकारी कदम नचालेको हो । साल्ट टे«डिङले पछिल्लो दुई वर्षयता भारतबाट चिनी खरिद गर्न सकेको छैन । सरकारले भारतबाट चिनी खरिद गरेर ल्याउन अनुमति नदिँदा त्यसको प्रत्यक्ष प्रभाव अहिले कर्पोरेसनमा परेको बताइन्छ ।
के भन्छ सरकार ? अहिले व्यापारीकहाँ पर्याप्त चिनी भएपनि क्रसिङ्ग केही कम भएको बाहना पारेर मूल्य बढाउन अनेक बाहनाबाजी गरिएको भएपनि त्यसलाई आफूहरुले पूरा हुन नदिने आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले बताए । ‘हामीले साल्ट टे«डिङ्गलाई २० हजार क्विण्टल चिनी खरीदका लागि १५÷२० दिन अगाडी नै पत्राचार गरीसको छौँ’ उनले भने ‘अघिल्लो वर्षहरुको डाटाको आधारमा पनि यति भएपछि पर्याप्त हुन्छ, तर बढी पनि आउन सक्छ ।’
तर साल्ट टे«डिङ्गले भने आफूहरुकहाँ पत्र नआईपुगेको बताएको छ । ‘सायद अर्थमा पत्र गएहोला हामीकहाँ आएको छैन’ ट्रेडिङ्गका प्रवन्धक ब्रजेस कुमार झाले भने ‘त्यहाँबाट पत्र आईसकेपछि हामीले प्रकृया शुरु गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण