आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत प्रथम विजेतालाई टिकेट हस्तान्तरण
बिहीबार, १६ वैशाख २०७३, १७ : २६
काठमाडौं, बैशाख १६–विश्वभरबाट रकम आदान प्रदान गर्ने कम्पनी आईएमई र जापानस्थित क्योदाई रेमिटेन्सको सहकार्यमा जापानमा रहेका नेपालीहरुका लागि ल्याइएको उपहार योजनाको चौथो हप्ताको विजेता घोषणा हुन लाग्दै गर्दा प्रथम विजेता कान्साइको क्योटोमा अध्यनरत बिजय श्रेष्ठले आज क्योदाई रेमिटेन्स ओसाकाको नामबा स्थित कार्यालयमा एक कार्यक्रमका बीच नेपाल आउने जाने टिकेट बुझेका छन् ।
टिकेट परेको अवधिबाट एक वर्षभित्र आफ्नो सुविधा अनुसार मिति तय गरेर आवत जावत गर्न पाउने भएको र आफ्नो ग्राहकहरुको लागि यस्तो लाभदायी योजना ल्याएकोमा क्योदाई रेमिटेन्स र आईएमईप्रति अत्यन्त कृतज्ञ रहेको कुरा टिकट विजेता श्रेष्ठले बताए ।
क्योदाई रेमिटेन्सले जापानमा बस्ने नेपालीहरुका लागि ‘घर जाने हर्ष’ योजना अन्तर्गत जापानस्थित क्योदाईको कान्साइको ओसाकास्थित शाखाबाट ट्रान्जेक्शन नम्बर ९४९६६३४७५८९ मा नेपाली रुपैयाँ १००,००० पठाएका बिजय श्रेष्ठले जापान–नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा पहिलो टिकट प्राप्त गरेका थिए ।
आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । क्योदाई जापान र आईएमई लिमिटेडले हरेक हप्ता सफ्टवेर पद्वातिमा आधारित गोलाप्रथाबाट उक्त नतिजा सार्वजनिक गर्दै आएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ड्रमा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउण्ड ट्रिप टिकेट जित्न सक्ने आईएमईले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण