म्याग्दीमा लज निर्माण गर्दै फ्रान्सेली इन्जिनियर
म्याग्दी– म्याग्दीको शिख–६ मा अवस्थित प्रसिद्ध पर्यटकीयस्थल खोप्रा लेकमा फ्रान्सेली इन्जिनियर र नागरिक मिलेर अत्याधुनिक सामुदायिक लज निर्माण गरिरहेका छन् ।
सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली नागरिकले आर्थिक सङ्कलन तथा अनुभवी इन्जिनियरलाई प्रयोग गरिएको छ । फ्रान्सका बेथोको नेतृत्वमा दुईजना फ्रान्सेली इन्जिनियरले पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको निर्माण गरिरहेका छन् । रु ६४ लाखको लागतमा निर्माण हुँदै गरेको सो दुईतले लजमा १२ कोठा रहनेछन् ।
कोठाभित्रै शौचालय सहितको बाथरुम, सोलार, बैठक हल, डाइनिङसहित विदेशी पर्यटकलाई कुनै पनि समस्या नहुने गरी आवश्यक पर्ने पूर्वाधार निर्माण भइरहेको पाउद्वार मावि व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताए । ३० जना स्थानीयवासीले समेत निर्माणमा रोजगारी पाएका छन् ।
डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतार इन्टरनेटको केन्द्रसमेत मानिने खोप्रामा एक देखि दुई दिनसम्म पर्यटक बस्ने गर्दछन् । वार्षिक करिब रु १७ लाख आम्दानी हुने खोप्रालेकको आम्दानी पाउद्वार माविको शैक्षिक तथा भौतिक पूर्वाधारमा खर्च गर्ने गरिएको छ ।
लजमा आवश्यक पर्ने भौतिक निर्माणका सामग्रीहरू खच्चड र स्थानीयवासीले बोकेर ढुवानी गरिरहेका छन् । खोप्रामा कास्कीको घान्द्रुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन् । पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो । समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित यहाँको खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको सङ्ख्यामा पूजा गर्न जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण