१३ वर्षीया बालिका भन्छिन्, ‘बाबुले बलात्कार गरेपछि मामाले र मामापछि छिमेकी गरे’
उदयपुर– उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी–१३ वर्षीया बालिका बलात्कारको आरोपमा आफ्नै बाबु र अर्का एक छिमेकी पक्राउ परेका छन । स्थानीय स्कुलमा कक्षा ६ मा अध्यनरत बालिकालाई आफन्तबाटै पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले बिहीबार पक्राउ गरेको हो ।
बालिकाकी बाबु र दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिनाअघि देखि डर देखाएर जवरजस्ती गर्ने गरेको पीडितकी आमाले दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताए ।
पीडित बालिकाले भनिन्– ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पदार्थ सेवन गरि छोरीलाई जवरजस्ती गरेको त्यसपछि मामाघरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गरे ।’
आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ भने मामा चाहिँ रोजगारीको क्रममा जिल्ला बाहिर रहेको बुझिएकाले पक्राउ गरिने प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । प्रहरीले बताएअनुसार विहीबार अबेर आरोपीहरु पक्राउ गरिएकोले शुक्रबार मुद्दा दर्ता गरि अनुसन्धान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण