बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘सडक देउ या फाँसी देउ’ भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्रबार, १७ वैशाख २०७३, ०९ : ४४
शुक्रबार, १७ वैशाख २०७३

जलेश्वर–वर्षौंदेखिको जर्जर सडक र सो मा आफ्नो ज्यानको बाजी लगाएर यात्रा गर्न विवस यात्रीहरुको मर्मलाई आत्मसात गर्दै सुन्दर अभियानका अभियन्ताहरुले पुनः सडक तताउने भएका छन् । विहीवार प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अभियन्ताहरुले ठोस निर्णय नदिए आइतबारदेखि नै दैनिक एक घण्टा चक्काजाम गर्ने जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ यादवले आफूहरुसमेत सडक पिडित भएको भन्दै कानुनको परिधीभित्रको आन्दोलनमा आफ्नो समेत समर्थन रहने जनाएका छन् । सडककै दुरावस्थाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या उल्लेख्य रहेकोमा भारत र नेपाल कसले पैसा लगानी गर्नेबारे अन्यौलता उत्पन्न भएपछि सडक निर्माण अलपत्र परेको हो ।

गत वर्ष समेत सुन्दर अभियानका अभियन्ताहरुले सडककै लागि आन्दोलन गर्दा सडक डिभिजन तथा अन्य विभिन्न निकायबाट समेत प्रतिबद्धता जनाइएपनि सो हालसम्म कार्यान्वयन नभएको साथै ठेक्का प्रक्रियामा समेत गईसकेको सडकको सम्झौता अझैँ हुन नसकेर काम सुरु हुन नसक्नु दुर्भाग्यपूर्ण भएको अभियानीहरु गुनासो गर्छन् । अबको आन्दोलन भने कि त सडक कि त फाँसीको हुने समेत उनीहरुले बताएका छन् ।

खराब सडककै कारण अस्पतालमा स्वासप्रश्वास सम्बन्धी रोगीको संख्या विगत केहि वर्षमा हवात्तै बढेको छ भने दर्जनौं सडक दुर्घटनामा कयौंले अकालमै ज्यान समेत गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप