बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जलाउने तयारी गरिएको लास प्रहरीले घाटबाटै फिर्ता लग्यो

शुक्रबार, १७ वैशाख २०७३, ०९ : ५९
शुक्रबार, १७ वैशाख २०७३

दमक– झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शव परीक्षण गराएको छ ।

गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले विहिबार घाटबाट उठाएर शव परीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको आवश्यक कानुनी प्रक्रिया नपु¥याई शव अन्त्येष्टि गर्न लगिएपछि प्रहरीले लास घाटबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा दिइएको बताउ ।

गाउँलेले थापाको शव गौरादह पूर्वको किस्नेघाटमा दाहसंस्कारका लागि लगेका थिए । चितामा राख्न लागेको अवस्थामा सो लास प्रहरीले घाटबाट फर्काएर ५० किलोमिटर पूर्व सदरमुकाम चन्द्रगढीस्थित अञ्चल अस्पतालमा लगेका थिए ।

दुई दिनअघि थापाले विष सेवन गरेर सिकिस्त भएका थिए । दमकको लाइफलाइन अस्पतालमा उपचार गर्दा सञ्चो नभएपछि घर लगिएका उनको विहिबार दिउँसो मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप