एमालेले भनेजस्तो संसदीय सुनुवाई समिति स्वीकार्य छैन : सिंह
काठमाडौं – कांग्रेस नेता प्रकाशमान सिंहले एमालेले परिभाषित गरे जस्तो संसदीय सुनुवाई समिति कांग्रेसलाई स्वीकार्य हुन नसक्ने बताएका छन् । आज काठमाडौ क्षेत्र नं १ को आयोजना मा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ‘हिजो सुशील कोईराला नेतृत्वको सरकारले न्यायपरिसद्को सदस्य सिफारिस गर्दा संसदीय समित छैन, नयाँ संविधानको प्रावधान अनुसार नयाँ चुनाव भएपछि मात्र नयाँ संसदीय समिति बन्छ भनेर अबरोध गर्ने । अहिले चाहीँ राजदूतलगायतको सिफारिस गरेर संसदीय समितिमा पठाउने ?’ नेता सिंहले प्रश्न गरे, ‘यो कुरा कांग्रेस लाई मान्य हँुदैन ।’ सरकारमा रहेकै दलहरुले सरकारको औचित्यमाथि प्रश्न उठाउन थालिसकेकाले सरकार कस्तो धरातल उभिएको भन्ने बारे भनिरहनु नपर्ने उनले बताए । ‘सरकार ढाल्ने खेलमा हामीहरु छैनौं । तर सत्तारुढ दलहरुनै यो सरकार ढाल्ने खेलमा लागिसकेका छन्,’ सिंहले भने । उनले कुनै कामै गर्न नसक्ने सरकारले केही गरेन भनेर समय खर्चिनुको औचित्य समेत नभएको भन्दै व्यंग्यसमेत गरेका थिए । ‘कांग्रेसले आगामी संसद् बैठकमा जनातले भोग्नुपरेका पिर मर्कालाई जोडदाररुपमा उठाउने छ,’ सिंहले भने, ‘मुलुकका सबै समस्या को समाधान कांग्रेस बाहेक अरुले गर्न सक्दैन भन्ने कुरा प्रमाणित भैसकेका छ ।’ आगामी चुनौतिबाट मुलुकलाई निकास दिन कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिका निरवाह गर्ने समेत सिंहको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण