प्रधानमन्त्री ओली सुनसरी आउने
इटहरी– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुनसरी जिल्लाका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रममा सहभागी हुनका लागि आज सुनसरी आउने कार्यक्रम रहेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंका अनुसार प्रधानमन्त्री ओली आज विहान यति एअरको विमानबाट विराटनगर विमानस्थल हुँदै सुनसरी जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनका लागि आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली धरानमा नेकपा एमालेको सातौं धरान नगर अधिवेशन समारोह उद्घाटनका लागि धरानस्थिन भानुचोक पुग्ने कार्यक्रम रहेको छ । उनले हालै उपमहानगरपालिका बनेको धरान क्षेत्रको पार्टीको नयाँ संरचना अनुसारको पार्टी नेतृत्व छनोटका लागि हुन लागेको अधिवेशन उद्घाटनपछि दिउँसो डेढ बजे जिल्ला प्रशासन कार्यालय इनरुवामा कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पनि प्रजिअ चापागाईंले जानकारी दिए ।
जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखलाई सरकारको नीति तथा कार्यक्रमका विषयमा निर्देशन दिनु भएपछि प्रधानमन्त्री ओली आजै नेकपा एमाले सुनसरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।
सो कार्यक्रममा राप्रपा (नेपाल)का नेता रमेश श्रेष्ठसहितलाई नेकपा एमाले प्रवेशमा स्वागत गरेर प्रधानमन्त्री ओली आजै अपराह्न राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको नेकपा एमाले सुनसरी अध्यक्ष द्वारिकालाल चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण