आधुनिक मिल बढेसँगै ढिकीजाँतो लोप हुँदै
राजविराज– सप्तरीका ग्रामीण क्षेत्रमा आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि यहाँका परम्परागत ढिकी र जाँतो लोप हुँदै गएका छन् ।
आधुनिक विद्युतीय तथा डिजेलका मिलको स्थापनासँगै परम्परादेखि खाद्यान्न तथा कुटानी, पिसानी गर्न प्रयोग गर्ने ढिकी र जाँतो प्रयोगविहीन अवस्थामा रहेको ग्रामीण भेगमा देख्न पाइन्छ ।
विद्युतीय र डिजेलका मिल ग्रामीण भेगका टोलटोलमा स्थापित हुन थालेपछि अब ग्रामीण भेगमा पनि ढिकी र जाँतोको चलन हट्दै गएको सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–२ का कलमवती देवी यादवले बताए ।
पहिले पहिले त ढिकी र जाँतोले कुटेपिसेको खाद्यान्न खान स्वादिलो हुन्थ्यो तर हिजोआज मानिसको आधुनिक विद्युतीय तथा डिजेलमा चल्ने मिलमा आकर्षण बढ्दै गएकाले ग्रामीण भेगमा पनि ढिकी र जाँतो लोप हुँदै गएको बताउँदै ढिकी र जाँतोमा कुटेको च्युरा, चामल खानु त सपना जस्तै भएको उनको भनाइ छ ।
सोही ठाउँकी सजनीदेवी खड्कालाई ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मीठो लाग्छ । उनी भन्छिन्— ‘‘ढिकीको चामल र जाँतोको पीठोजस्तो मिलमा पिसेको पीठो त्यत्ति स्वादिलो हुँदैन ।” ढिकी, जाँतोमा कुटे–पिँधेको खाद्यान्न खानाले मीठो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा हुने गरेको बुढापाका बताउँछन् ।
दसैं, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भारदह–५ का मायादेवी दास बताउनुहुन्छ । मन्दिरमा पूजाआजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीय तथा डिजेलका मिल खुलेपछि मानिसहरुले यसको खोजी गर्न समेत बिर्सेको उनको भनाइ छ ।
ढिकी र जाँतो विगत एक दशकअघि सम्म सबैले आफ्नो घरघरमै राख्थे तर अहिले गाउँ–गाउँमा आधुनिक मिलको स्थापना भएपछि विस्थापित हुँदै गएको राजविराज–४ की लक्ष्मी दासले बताइन् । गाउँमा तोरी पेल्ने कोलसमेत हटेर लोप हुँदै गएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण