बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ठगी आरोपमा पक्राउ गरेको विरोधमा पेट्रोल पम्पहरु बन्द

शुक्रबार, १७ वैशाख २०७३, १२ : ०१
शुक्रबार, १७ वैशाख २०७३

जलेश्वर – पेट्रोलियम डिलर एशोसिएसनले आजदेखि जिल्लाका सबै पेट्रोल पम्पहरु बन्द गरेका छन । जलेश्वर ५ स्थित विकास आयल स्टोर र रामगोपालपुर ७ स्थित महालक्ष्मी आयल स्टोरवाट ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सो को विरोधस्वरुप बन्द गरिएको एशोसिएसनले जनाएको छ । विगत केहि दिन यता पेट्रोलिय पदार्थमा व्यापक ठगी भईरहेको जन गुनासो बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा रहेको टोलीले जिल्लाका विभिन्न पम्पहरुमा अनुगमन गर्दा मापदण्डभन्दा कम पेट्रोल र डिजेल बेचिरहेको पाइएको थियो । उपभोक्ता ठगी गर्ने विकास आयलका कर्मचारी र महालक्ष्मी आयलका संचालकलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा एशोसिएसनले अबिलम्ब दुवैजनाको रिहाईको माग जिल्ला प्रशासनसँग गरेको थियो । तर प्रशासनले रिहाई नगरे पछि बन्दको विकल्प नरहेको विकास आयल स्टोरका संचालक बताउँछन् । उनले अनुगमनमा जाँच गर्ने भाडो विश्वसनीय नभएको समेत आरोप लगाए । ‘कुनै पनि मेसिनको सिल नटुटेको अवस्थामा हामीले कसरी ठगी गर्यौ ?,’ उनी गुनासो गर्छन् । यता, तापक्रमका कारणले समेत प्रत्येक पटक पेट्रोल वा डिजेल थोरै कमी वा वेसी आउन सक्ने हुनाले यसको निश्पक्ष जाँच हुनु पर्ने एशोसिएसनको भनाई छ । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव भने कानुनबिपरित कार्य गर्नेलाई कसरी प्रशय दिनु भन्दै प्रतिप्रश्न गर्छन् । हाल अदालतमा मुद्दा दर्ता समेत भईसकेको अवस्थामा एशोसिएसनले अदालतको काम कारवाहीमा सहयोग गर्नुपर्ने उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप