बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकको कर्पोरेट अभियान

शुक्रबार, १७ वैशाख २०७३, ११ : १८
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं – एनएमबि बैंकले “आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” भन्ने नाराको सहित आफ्नो कर्पोरेट अभियानको शुरुवात गरेको छ । अभियानको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पु¥याएको योगदानको कदर तथा विनाशकारी भूकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको साकारात्मक उर्जाको प्रचार प्रसार गर्नु रहेको बैंकले जनाएको छ । बंैकले आत्मनिर्भर नेपाल तथा आर्थिक समृद्धि एवं देशको प्रगतिको मार्गचित्र अनुरुप कृषि, सौर्यऊर्जा, साना तथा मझौला उद्यमकर्जा, रिटेल तथा अन्य विपन्न क्षेत्रमा समेत बैंकिङ्ग सेवा पु¥याउँदै आएको छ । हाल बैंकको कूल ६९ शाखा ४८ एटिएम र ७ एक्सटेन्सन काउन्टर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप