तीन महिनामा तीन हस्ती गुमायो डोल्पाले
डोल्पा–यो जिल्लाले तीन महिनामा तीन हस्ती गुमाएको छ । फागुन देखि बैशाखसम्म डोल्पाले जिल्लामा मात्र होइन राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा परिचित तीन हस्ती गुमाएको हो । यो वीचमा डोल्पाले क्याराभान चलचित्रका नायक थिन्ले लुण्डुप लामा, जिल्ला बिकास समिति डोल्पाका ईन्जिनियर अंगत कुमार हमाल र क्याप्टेन दिनेश न्यौपानेलाई गुमायो । यसले डोल्पाली जनतालाई दुःखी बनाएको छ । डोल्पाका गहनाको रुपमा चिनिने तीनैजना डोल्पालीमाझ नँहुदा डोल्पा अभिभाबक विहिनजस्तै भएको किर्डाक नेपाल डोल्पाका संयोजक सुरेन्द्र ढकालले बताए । डोल्पाबाटै पहिलो पटक ईन्जिनियर पास गरेका अंगतकुमार हमालको कलेजोमा आएको खराबीको कारण गत फागुनमा निधन भएको थियो । हमालको निधनले डोल्पालीलाई स्तब्ध बनायो । हमालको कलेजोको खराबीको कारण मृत्यु भएको थियो । उनले ग्रामिण भेगमा बसोवासगर्ने डोल्पालीको जनजीवनमा सहजता ल्याउन बाटाघाटा, सिँचाईकुला, झोलुङ्गे पुल निर्माण हुँदै,बिभिन्न कार्यलयको भवन निर्माण गरेका थिए । हमालको शिक्षा क्षेत्रमापनि चासो थियो । उनले जिल्लामा पहिलो पटक नीजि बिद्यालय समेत स्थापना गरेका थिए । डेर्जट नामक संस्थाको स्थापना गरेका थिए उनले । यसले डोल्पाका बिभिन्न अप्याठ्यारा खोलामा पुलनिर्माण गरेर ग्रामीण भेगको जनजीवनमा सहजता ल्याएको थियो ।
त्यस्तै क्याप्टेन दिनेश न्यौपानेलाई पनि डोल्पाले गुमायो । उनको निधनको खवरले डोल्पालाई मात्रै होइन सिंगो देशलाई नै स्तब्ध पार्यो । डोल्पा दुनै निवासी एअर काष्टमण्डपका मुख्य पाईलट न्यौपानेले आफु मरेरपनि यात्रुहरुको ज्यान बचाए । वीर पाईलटको रुपमा बिश्वभरनै चिनिए । आफ्नो जन्म भूमि डोल्पालाई चिनाए । सम्मान स्वरुप नेपाल सरकारले बिरताको पद्वि प्रदान ग¥यो । नेपालगञ्जबाट नौ जना यात्रु बोकेर हुम्लाकोलागि उडेका एअर काष्टमण्डपको जहाज फागुन १२ गते कालिकोटको चिल्खायमा दुर्घटना हँुदा न्यौपानेको निधन भएको थियो । न्यौपाने निधनको पीडामा मलम लगाउन नपाउँदै डोल्पालीले अर्को ठुलो चोटको सामना गर्नुप¥यो । ओस्कर अवार्डमा पुग्न सफल हिमालयन चलचित्र ‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको निधन भयो । डोल्पालीको मन क्षतबिक्षत बनायो । फान्सिेलि नागरिक ईरिक भ्यालि निर्देशित चलचित्र ‘क्याराभान’का नायकको भूमिकामा थिए उनी । उनले एक दशक अगाडि नै डोल्पालाई बिश्वसामु चिनाउन सफल भएका थिए । थिल्ले लुण्डुप घोडाबाट लडेर निधन भएको खवरले नेपाललाईनै स्तब्ध बनायो । लामाको निधनको खवरले नेपालका सम्पुर्ण संञ्चार माध्यामको ध्यान डोल्पा तानियो । साल्दाङ निवासी लामाले सत्रबर्ष अगाडि नै माथिल्लो भोटको संस्कृति र डोल्पाको प्राकृतिक पर्यटकीय सम्भाबनालाई बिश्वसामु चिनाएका थिए । लामाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट डोल्पामा बनाईएका बृतचित्रमापनि मुख्यपात्रको ूुमिका निर्वाह गरिसकेका थिए । यस कारणपनि थिन्लेलाई डोल्पाली गहनाको रुपमा चिन्दथे थिन्ले सरल स्वभाबका थिए । उनको दिनचर्या आध्यात्मिक चिन्तनतिर बित्दथ्यो । स्थानीय दिल बहादुर बिष्टले भने, ‘क्यान्सर लागेकाले उपचारको लागि काठमाडांै डोल्पा गरिरहन्थे ।’ उनले हिमाली भेगमा पाईने चाँैरी पालन गरेका थिए । उनलाई चौरी पालनकोलागि हिमाली आयोजनाले सहयोग गरेको थियो । थिन्ले जाडो महिना सुरु भएपछि प्राय सदरमुकाम दुनैमामा बस्दथे ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण