गृहमन्त्रीको पहलमा ११ वर्षदेखि रोकिएको पुल निर्माण
राकम – निर्माण सुरु भएको १३ वर्षपछि छिन्चु–जाजरकोट सडक अन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा पुल निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अलपत्र परेको भेरी पुल जाजरकोटले नयाँ गृहमन्त्री पाउन बित्तिकै निर्माण कार्यले गति लिएको थियो । भारतीय नाँका वन्दीका कारण पेटोलियम पदार्थ अभाव भएर काम रोकिएको बेला पनि यो भेरीपुलको काम रोकिएन पुल निर्माण सञ्चालन भईरहेको बेला जाजरकोट जाँदा यहि बाटो भएर गृहमन्त्री शक्तिवहादुर वस्नेत जाँने र आउने गर्दथे । रुकुमको चौरजहारीमा हवाई सुविधा भएपनि ६ घण्टा लामो वाटो प्रयोग गरी गृहमन्त्री बस्नेत यहि बाटोबाट आवतजावत गर्दथे । गृहमन्त्रीको निरन्तरको अनुगमण, निरिक्षणकै कारण पुलको निर्माण कार्य पुरा भई वैशाख २८ गते मन्त्री बस्नेतबाटै उद्घाटन हुनेछ ।
२०६२ सालबाट निर्माण थालिएको यो पुनर्निर्माण सँगै अब छिन्चु–जाजरकोट सडकको यातायात सेवा सहज हुने भएको छ । यो पुल निर्माणले जाजरकोट, रुकुम, सल्यान, डोल्पा, जुम्ला र सुर्खेतलगायतका जिल्लाका बासिन्दा खुसी भएका छन् । पुल निर्माणसँगै निर्माण सामग्री, खाद्यान्नलगायतका अन्य मालसामान ढुवानी र सीधा यातायात सञ्चालनमा सहजता आउनेछ । पुल निर्माणको काम सकिए पनि यातायात सञ्चालन भने वैशाख तेस्रो साताबाट गर्ने तयारी भइरहेको छ । यो अवधिमा पहुँच मार्ग निर्माणको काम सम्पन्न गरिनेछ । सबै काम पूर्ण रूपमा सकेर वैशाख तेस्रो सातादेखि पुलबाट यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ११ वर्षअघि दुई वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणकोे जिम्मा स्वच्छन्द, काष्ठमण्डप, धनथान, प्रदीप, रविन निर्माण सेवाले संयुक्त रूपमा लिएका थिए । तर, कामले गति लिन नसकेपछि स्वच्छन्द निर्माण सेवा कम्पनीले कामको जिम्मा लिएको हो । सडक विभागसँग सब स्ट्रक्चर निर्माणका लागि ३ करोड र सुपर स्ट्रक्चर निर्माणका लागि ८ करोडमा सम्झौता भएको स्वच्छन्द निर्माण सेवा कम्पनीका प्रो–पाइटर जयराम लामिछानेले बताए । ११ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको १ सय ८० मिटर लामो पुलको निर्माण कार्य ढिलाइ हुँदा लागत बढेर २८ करोड पुगेको निर्माण कम्पनीका प्रोपाइटर लामिछानेले भनाई छ । सब स्ट्रक्चर बनाउँदा सरकारले ३ करोड भुक्तानी गरे पनि १७ करोड रकम कम्पनीको बढी खर्च भएको उनको भनाइ छ । निर्माण कम्पनीले सडक डिभिजनका इन्जिनियरको गलत लागत स्टिमेटका कारण निर्माण कार्य ११ वर्ष लागेको आरोप लगाएको छ । तर, सरकारले भने निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणमा ढिलाइ भएको आरोप लगाउँदै आएको छ । पुल निर्माणको काम सम्पन्न भए पनि सरकारले सम्झौता रकम मात्र दिने र कम्पनीले खर्च बढी रकम खर्च भएको भन्दै रकम दाबी गर्न थालेको छ । सरकारले खर्च रकम दिन अस्वीकार गरेकाले पुल उद्घाट्नपछि आफू अदालत जानुपर्ने स्थिति आएको निर्माण कम्पनीका प्रोप्राइटर लामिछानेले जानकारी दिए । सरकारले सुरुमा गरेको स्टिमेटविपरीत पिलरको जगमा ढुंगा लागेपछि निर्माण कम्पनीले तत्काल सरकारलाई स्टिमेट परिवर्तन गर्न आग्रह गरेको थियो । सरकार र निर्माण कम्पनीबीच लागत स्टिमेटका विषयमा विवादले पुल निर्माणमा ढिलाइ भएपछि गत वर्ष सडक विभागले अन्तिम विकल्पका रूपमा माइक्रोपाइलिङ प्रविधिबाट पुल निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । कम्पनीको यही प्रविधिबाट पुल निर्माणको काम सकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण