पूर्वमा घट्यो कोरिया मोह : दुई दिनमा मात्र पाँच हजारले भरे इपीएस फारम
इटहरी – कोरीयाली भाषा परिक्षा इपीएसमा सहभागी हुन पूर्वबाट दोश्रो दिनसम्म करिब पाँच हजारले मात्र आवेदन फारम भरेका छन् । गत बर्ष कम मात्र परिक्षार्थी पास भएकाले यो बर्ष गत बर्षको तुलनामा इपीएस फारम भर्नेहरु कम देखिएका छन् । गएका बर्षहरुमा लामो लाइन लागेर फारम भर्नेहरु हुने गरेकोमा यो बर्ष खासै भीड देखिएको छैन । तर देशभरको तुलनामा भने यो बर्ष धरानबाट सबैभन्दा बढीले फारम भरेको पाइएको छ । देशमा रोजगारीको अवसर नभइरहेका बेला युवाहरुको प्रमुख आकर्षक श्रम गतव्यका रुपमा कोरीया पर्दै आएको छ । अन्य देशहरुमा पारिश्रमीक कम हुने र मेनपावरहरु मार्फत जाँदा ठगिने क्रम पनि बढी हुने भएकाले आफूहरुले सरकारी प्रक्रियामा पठाउने कोरिया जान फारम भरेको फारम भर्न धरानको सभागृह पुगेकाहरुले बताएका छन् । शिक्षित भएपनि सरकारी जागिर र अन्य ठूला प्राइभेट कम्पनीहरुमा पनि नातावाद, कृपावादका कारण मात्र जागिर पाउने भएकाले बाध्यभएर कोरिया जान लागेको फारम भर्न पुगेका उर्लाबारीका आषिश सुब्बाले बताए । यता विगतको भन्दा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले फर्म भर्न सहज भएको इपियसको फर्म साखाका केन्द्र प्रमुख राजकिशोर महतोले जानकारी दिए । प्रभावकारी व्यवस्थापनको लागि केन्द्रमा ६० जना कर्मचारी खटाइएको केन्द्र प्रमुख महतोले जानकारी दिए । कोरिया सरकारले नेपालीका लागि यस बर्ष कोटो थप गरेर बढि दक्ष कामदार लाने बताएको छ । नेपालमा रोजगारी नभएको भन्दै पढेका तथा सीप हासिल गरेका दक्ष नेपालीहरु अघिल्लो बर्षको भन्दा बढि आवेदन गर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण