बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फरार सरदार पक्राउ

शुक्रबार, १७ वैशाख २०७३, ०६ : ३३
शुक्रबार, १७ वैशाख २०७३

सप्तरी - जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा कैद र जरिवाना तोकेका फरार एक व्यक्तिलाई गएराति सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पकरी गाविस– ३ का ३५ वर्षीय पञ्चु सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सरदार विगत पाँच वर्षदेखि फरार थिए । सरदारलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका सरदारलाई आज अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको मुद्दा फाँटका हरि खड्काले बताउनुयो । उनलाई पाँच वर्ष अगाडि जिल्ला अदालतले १९ दिन कैद र रु दुई हजार जरिवाना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप