न्यायाधीसमाथि हातपात गर्ने एमाले सांसद खातुनसहित १९ जनामाथि मुद्दा दायर
कलैया - नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यावहार गरेको थियो ।आफूले चाहेको जस्तो फैसला नआएपछि एमालेकी सासंद नेजमा खातुनले जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाइ गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी थिइन् । सांसद खातुनका पति एवम् एमाले नेता स्वर्गीय महमुद आलमको हत्याको मुद्धामा बुधबार न्यायाधीश शर्माले रामचन्द्र प्याशी कुशवाहालाई १० वर्ष मात्र सजायको फैसला गरेपछि गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी थिइन्।
घटना लगत्तै अदालत परिसरमा जिल्ल प्रहरी कार्यालय बाराले प्रहरी नायव उपरिक्षक विनोद शर्माको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको थियो । खातुनका समर्थक र आफन्तले न्यायधिश शर्माको चेम्बरको झ्यालमा तोडफोड पनि गरेका थिए । हत्याका मुख्य योजनाकार रामचन्द्र प्याशी भएकाले उनलाइै सर्वश्वसहित जन्मकैदको फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्षको मात्रै सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ ।
अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीकार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण