राजधानीपछि मोरङमा पनि कम तौलका सिलिण्डर भेटिए
इटहरी – राजधानीमा कम तौल भएका सिलिण्डर ग्यास प्रहरीले बरामद गरेको घटना सेलाउन नपाउँदै मोरङमा पनि कम तौल भएको प्रिमा कम्पनिको सिलिण्डर ग्यास बरामद भएको छ । नेपाल एलपी ग्यास संघका अध्यक्ष समेत रहेका शिवप्रसाद घिमिरे सञ्चालक रहेको प्रिमा ग्यासमा तौल कम भएको भन्दै मोरङको सुन्दरदुलारी नगरपालिकाका स्थानीयहरुले सिलिण्डर बरामद गरेका हुन् । सिलिण्डर ग्याससहित एक ट्रकलाई सुन्दरदुलारी नगरपालिकाका स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । पटक–पटक विवादित बन्दै आएको प्रिमा ग्यासले सर्वसाधरणलाई ठग्दै आएको यो अर्काे उदाहरण हो । को१क १६८१ नम्बरको ट्रकले ग्यास अनलोड गर्ने दुलारीको डिलरमा आएको थियो । स्थानीयले सिलिण्डरमा शंका लागेपछि तौलिएका थिए, जसमा दुई सयदेखि तीन सय ग्राम ग्यास कम भेटिएको हो । सिलिण्डरमा कम ग्यास भेटेपछि स्थानीयहरुले ट्रक कब्जा लिएका थिए । पछि ट्रकमा रहेको अन्य सिलिण्डरमा तौल कम पाइएको थियो । स्थानीय लक्ष्मण पोखरेलले खाना पकाउँदा चाडै ग्यास सकिएको बताउँदै शंका लागेर सबैको सहयोगमा तौलिँदा सिलिण्डरमा ग्यास कमि भेटिएको बताए । प्रिमा कम्पनिको ग्यासमा धेरै गुनासो बढेपछि बाध्य भएर सिलिण्डर तौलिएको पोखरेलले बताए । केही सिलिण्डरमा ४ सय ग्रामसम्म तौल कम भेटिएको उनले बताए । सुन्दरदुलारी नगरपालिका क्षेत्रको बाँसबारी, दुलारी र तिनपैनिमा धेरैले ग्यास चाँडो सकिने गरेको बताएका थिए । यस क्षेत्रमा प्रिमा ग्यास आइन्दा नलिने भन्दै ग्यासका सिलिण्डर फिर्ता पठाएको तिनपौनिका स्थानीय विनोद मगरले बताए । स्थानीयले ट्रकसहित सिलिण्डर नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरेका थिए । ग्यासको अभाव भएको मौका पारेर ग्यास उद्योगले कम तौल र कम गुणस्तरको ग्यास बजारमा पठाउने गरेको स्थानीयले आरोप लगाए । त्यसका साथै मूल्यमा पनि बढी लिने गरेको स्थानीयको गुनासो छ । ग्यासको तौलमा कम हुने कुरामा उद्योग भने आफूहरुले बजारमा पठाएको ग्यासको तौल कम नभएको दावी गरेको छ । उद्योगले शतप्रतिशत तौलेको सिलिण्डर बजारमा पठाएको बताउँदै प्रिमा ग्यासका सञ्चालक शिवप्रासाद घिमिरे स्थानीयको जोखाईमा कमजोरी भएको हुनसक्ने बताए । नापतौल विभागले प्रमाणित गरको डिजिटल तराजुबाट तौलिएर बजार पठाएका सिलिण्डर ग्यासमा कुनै कम तौल नभएको घिमिरेले बताए । यता नापतौल विभागले नै प्रमाणित गरेको तराजुमा जोख्दा किन दुईदेखि तीन सय ग्रामसम्म तौल कमि भएको भन्दै स्थानीयहरुले विरोध गरे । ‘यो कालोबजारी धन्दा हो, पटक–पटक यस्तो भएपछि हामीले गाडी नियन्त्रणमा लिएका हौँ,’ स्थानिय कुमार बस्नेतले भने । यस्ता ग्यास कम्पनीलाई सरकारले कारबाही गर्नुपर्छ बस्नेतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण