बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यसरी बनाइन्छ मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

शनिबार, १८ वैशाख २०७३, ०५ : ३१
शनिबार, १८ वैशाख २०७३

काठमाडौं–उपत्यकाको सबैभन्दा लामो समयसम्म मनाइने रातो मन्छिन्द्रनाथको रथयात्राका लागि रथ निमार्ण शुरु भएको छ । ललितपुरको पुल्चोकबाट वैशाख २८ गतेबाट शुरु हुने रथयात्राका लागि वैशाख २५ गते लगनखेलबाट मन्छिन्द्रनाथको मूर्तिलाई विधिवत् पूजा आराधना गरेर रथारोहण गरिनेछ । मच्छिन्द्रनाथको रथलाई पाटनका विभिन्न ठाँउ घुमाएर जावलाखेल ल्याई राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा भोटो देखाउने चलन रहेको छ ।

रथयात्रा पुल्चोकबाट गावाहाल मंगलबजार सुन्धारा लगनखेल थहिटी पु¥याएर नरिवल खसालिन्छ भने साइत हेरेर कुमारीपाटी मानभवन हुँदै जावलाखेल लगेर भोटो देखाइन्छ ।

मच्छिन्द्रनाथको रथ बनाउनका लागि आवश्यक पर्ने बेत भारतबाट ल्याइन्छ । रथको काठको काम वाराही समुदायले गर्ने गर्दछन् भने वेत राख्ने काम यौपालले गर्ने गर्दछन् । १२ दिन लगाएर निर्माण गरिने रथ बनाउन गुठी संस्थानले प्रतिव्यक्ति १२ सय दिने गर्दछ ।

परम्परागत प्रविधिमा आधारित रहेर मन्छिन्द्रनाथको रथ बनाइने गरिन्छ । रथमा चुक्कुल, वेतको सुर्केनी, ब्रेकको लागि लचकदार काठ जस्ता परम्परागत विधि प्रयोग गरिएको हुन्छ । रथमा प्रयोग भएको वेतले रथलाई ढल्नबाट जोगाउने र लचकदार बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप