शैक्षिक संस्थामा अनिश्चितकालिन तालाबन्दीको घोषणा
काठमाडौ– केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लब ) समूह निकट अनेरास्ववीयू क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको छ । अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा अनिश्चितकालिन शैक्षिक सस्थामा तालाबन्दी सम्मका रहेका छन् । अन्य कार्यक्रमहरुमा बैशाख १९ गते प्रचार प्रसार, बैशाख २० गते जिल्ला शिक्षा कार्यालय घेराउ, २१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापनपत्र बुझाउने र कलेज अगाडि प्रर्दशन गर्ने, बैशाख २२ गतेदेखि जिल्ला शिक्षा कार्यालयमा कर्मचारी प्रवेशमा रोक लगाउने, बैशाख २३ र २४ गते शैक्षिक संस्थाको प्रशासनमा तालाबन्दी गर्ने र बैशाख २५ गतेदेखि अनिश्चितकालिन रुपमा शैक्षिक सस्थामा तालाबन्दी गर्ने रहेको छ । पत्रकार सम्मेलनमा संयोजक लोकेश विश्वकर्माले बैशाख १७ गते काठमाडौका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतममाथि कालोमोसो दलेको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएका अधिकारी द्धयलाई तत्काल रिहा नगरे राज्यले त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए । उनले केन्द्रीय सदस्य अधिकारी पक्राउ परेदेखि भोक हडतालमा रहेकोले उनको जीवनको रक्षाको माग गर्दै आफुहरुलाई राज्यले नै आन्दोलनमा जान बाध्य पारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण