बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संविधान कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री पाण्डेय

शनिबार, १८ वैशाख २०७३, १९ : ३२
शनिबार, १८ वैशाख २०७३

पाल्पा– उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधानको कार्यान्वयनका लागि पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल पाल्पाको सातौँ जिल्ला अधिवेशनलाई आज पाल्पामा सम्बोधन गर्दै उनले संविधान निर्माणमा जसरी सञ्चारमाध्यमको भूमिका रह्यो त्यहीअनुसार संविधान कार्यान्वयनमा पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

मन्त्री पाण्डेयले सञ्चारमाध्यमले नकारात्मकभन्दा सकारात्मक कुराहरुलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले सञ्चार क्षेत्र सम्बेदनशील क्षेत्र भएकाले विशेष ख्याल गरेर समाचार सम्पे्रषण गर्नुपर्ने बताएका छन् ।

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा कलम चलाउने पाँचजना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप