बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रदेश नं ७ को राजधानी दिपायल हुनुपर्छ : सांसद बलायर

आइतबार, १९ वैशाख २०७३, ०७ : ४९
आइतबार, १९ वैशाख २०७३

डोटी– प्रदेश नं ७ को प्रादेशिक राजधानी दिपायलमा नै हुनुपर्ने माग नेपाली काँग्रेस डोटी क्षेत्र नं १ का सांसद वीरबहादुर बलायरले गरेका छन् ।

हरेक दृष्टिकोणले समृद्ध रहेको डोटीको विकल्प राजधानी कुनै ठाउँमा हुन नसक्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बलायरको दाबी छ ।

एक कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा सांसद बलायरले नेपाली काँग्रेस ठूलो पार्टी भएको हैसियतले पनि देशको अवस्थाका विषयमा चिन्तित रहेको औँल्याए । सांसद बलायरले प्रदेश नं ७ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप