बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हराउँदै महत्वपूर्ण हातहतियार

आइतबार, १९ वैशाख २०७३, ०७ : ५३
आइतबार, १९ वैशाख २०७३

म्याग्दी– म्याग्दी जिल्लामा रहेका कोतघरबाट सामरिक महत्वका ऐतिहासिक हातहतियार हराउन थालेपछि कोतघरहरु हातहतियारविहीन बन्दै जान थालेका छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे चौबीसे राज्यअन्तगर्गत पर्वत राज्यमा पर्ने म्याग्दीका ज्यामरुककोट, ताकमकोट, पुलाकोटलगायतका कोतहरुबाट सामरिक महत्वका हातहतियार चोरी भएपछि ऐतिहासिक कोतघरहरु हातहतियारविहीन बन्दै जान थालेका स्थानीय बासिन्दाले बताएका छन् ।

मल्लकालीन राजा भर्तीबम मल्लले राज्य गरेको ज्यामरुककोटको खड्गभवानी कोत जिल्लाको ऐतिहासिक कोत मानिए पनि त्यहाँ रहेका हातहतियार चोरी भएपछि अहिले महत्वविहीन बन्दै गएको स्थानीयवासी सचेन्द्र घिमिरेले बताए । कोतघरमा रहेका तोप, खुँडा, तरबार, खुकुरी, ढाल, खड्गलगायतका सामरिक महत्वका हातहतियार चोरी भएका र बचेका हातहतियारको पनि संरक्षणतर्फ कसैको ध्यान नगएको उनको भनाइ थियो ।

ऐतिहासिक ज्यामरुककोटमा रहेका तरबार, खुँडा, खुकुरीलगायतका कैयौँ हातहतियार हराएका र बचेका हातहतियार पनि सुरक्षित नरहेका खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप