गोल्डेन गेट र हर्टल्यान्डको जित
सोमबार, २० वैशाख २०७३, १८ : ३४
काठमाडौँ– ‘एक्स्पट्र्स कलेज प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएका खेलमा गोल्डेन गेट कलेज र हर्टल्यान्ड कलेज विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा गोल्डेन गेटले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई ११६ रनले तथा दोस्रो खेलमा हर्टल्यान्डले भिएस निकेतनलाई ११४ रनले पराजित गरे ।
टस हारेर ब्याटिङ गरेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको लर्ड बुद्धले पूरै ओभर खेल्दै ९ विकेट गुमाई १०१ रन मात्र बनाउन सक्यो । गोल्डेन गेटलाई जित दिलाउन ४९ रनमा शतक प्रहार गरेका रितेश यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा पनि टस हारेर ब्याटिङ गरेको हर्टल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको भिएस निकेतनले १३।५ ओभरमै सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो । हर्टल्यान्डलाई जित दिलाउन ८० रन जोडी प्रदीप ऐरी ‘प्लेयर अफ द म्याच’ भए । त्यसैगरी खेल हेर्न गएका दर्शक जनक ऐरीलाई ‘फ्यान अफ द म्याच’ घोषित गर्दै रु १० हजार प्रदान गरियो । प्रत्येक दिन एक दर्शकलाई यो पुरस्कार प्रदान गरिन्छ ।
प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायत ‘सिनियर’ तथा अन्य राष्ट्रिय तथा युवा खेलाडीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत मङ्गलबार एसपिए कलेजविरुद्ध प्लाटिनम तथा केएमसीविरुद्ध थ्रीटन कलेजबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण