म्याग्दीमा जलवायु अनुकुलन योजना कार्यान्वयन
म्याग्दी – तापक्रम वृद्धी र जलवायु परिवर्तनको असर न्युनीकरणका लागि म्याग्दीमा अनुकुलन योजना लागु भएको छ ।
स्थानीय स्रोत साधनको परिचालन गर्दै समुदाय स्तरमा जलवायु परिवर्तनको क्षत्ती तथा असर न्युनीकरणका लागि बेनी नगरपालीका र १८ वटा गाविसमा स्थानीय जलवायु अनुकुलन योजना (लापा) कार्यान्वयन गरिएको हो ।
जलवायु परिवर्तनका कारण समुदायमा देखिएको समस्या पहिचान गरि उनिहरुको आवश्यकता अनुसार असर न्युनीकरणका लागि योजना सञ्चालन गरिएको रुम गाविसका सचिव पूर्णप्रसाद शर्माले बताए ।
सचिव शर्माका अनुसार पानीका मुहान, प्राकृतिक पोखरी, ताल तलैया संरक्षण, भुक्षय, पहिरो रोकथाम, वन विनास, चोरी शिकारी नियन्त्रण गर्ने, विकास योजनालाई वातावरणमैत्री बनाउने र आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरिएको छ । अनुकुलन योजना कार्यान्वयन गर्न लिवर्डद्धारा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमले प्रति गाविस पाँच लाख २० हजार रुपैया अनुदान उपलब्ध गराएको छ ।
नगरपालीकाको साथै गुर्जा, ओखरबोट, रुम, मराङ, अर्मन, बरङ्जा, पाखापानी, कुईनेमंगले, पात्लेखेत, चिमखोला, बेग, दोवा, दग्नाम, हिस्तान, भकिम्ली, दग्नाम, लुलाङ, भुरुङ तातोपानी र राम्चे गाविसमा अनुकुलन योजना कार्यान्वयन भएको लिवर्डका प्रतिनिधि ईन्द्र कार्कीले जानकारी दिए ।
गाविस सचिवको अध्यक्षतामा गठन भएको कृषि वन तथा वातावरण समितिले अनुकुलन योजना तयार गरेको हो । कृषि तथा खाद्य सुरक्षा, जलस्रोत तथा उर्जा, वन तथा जैविक बिबिधता, जनस्वास्थ्य, सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा जलवायु जन्य प्रकोपका कारण हुने क्षत्ती न्युनीकरणका लागि योजनाले सघाउ पु¥याउने प्रतिनिधि कार्कीले बताए ।
उनकाअनुसार थप १४ वटा समुदाय स्तरको अनुकुलन कार्ययोजना पनि तयार गरिएको छ । गाविस, जिविस, वन, कृषि, पशु सेवा, स्वास्थ्य, महिला विकासलगायतका कार्यालयसंग सहकार्य गरेर अनुकुल योजना कार्यान्वयन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण