डाक्टरी पढाइ छाडेर पशुपालनमा
पाल्पा– मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गरेका हुन् ।
सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दै गरेका थापाले रु २१ लाख खर्च गरे। “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने मन जाग्यो” उनले भने— “परिवारको सोच डाक्टरी पढाइतिर भए पनि मेरो मन एक्कासि बदलियो, बीचमै पढाइ छाडेर घर फर्केर बाख्रा र कुखुरापालन व्यवसायमा हात हाले ।”
थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । “डाक्टरी पढेर विदेशमै अरुको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,” उनले भने । विदेशी जीवन भन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ ।
थापाले रु १५ लाखको लगानीमा बाख्रा फार्म तथा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा ५७ वटा जमुनापारी, खरी र वयर जातका बाख्रा रहेका छन् भने स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्देश्यका साथ ४०० कुखुरा समेत पालेका छन् ।
गाउँमै बसेर व्यवसाय गर्न थालेपछि व्यवसायतर्फ झन् हौसला बढ्दै गएको उनको भनाइ छ । यस व्यवसायबाट थापाले वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्म आम्दानी गरिरहेका छन् ।
व्यवसायमा हौसला बढाउनका लागि जिल्ला पशुसेवा कार्यालयले कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत रु २० हजार रकम उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । पछल्लो समय जिल्लामा पशुपालन तथा तरकारी खेतीमा शिक्षित युवाको आकर्षण बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण