बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विद्यार्थी संगठनहरु र शिक्षा मन्त्रालयबीच वार्ताः मनोमानी शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सहमति

शुक्रबार, २४ वैशाख २०७३, १४ : ०६
शुक्रबार, २४ वैशाख २०७३
काठमाडौं–निजी विद्यालयहरुले विद्यालय शुल्क निर्धारण निर्देशिकालाई अवज्ञा गरि मनोमानी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरु र शिक्षा मन्त्रालयविच आज दोस्रो दिन वार्ता भएको छ । वार्तामा निर्देशिका कार्यान्वयन र शुल्क अनुगमनका लागि केन्द्रीय स्तरमा मन्त्रालयका सहसचिवको नेतृत्वमा शक्तिशाली केन्द्रीय अनुगमन समिति वनाई तत्काल अनुगमनमा जाने र गलत काम गर्ने र मापदण्ड मिच्नेलाई कार्वाही गर्ने सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्यस्तै जिल्ला स्तरमा पनि हरेक जिल्लामा उपसचिवको नेतृत्वमा अनुगमन समिति वनाई अनुगमन र कार्वाहीको प्रकृया अगाडि वढाउने सहमति भएको उनले बताए । अनुगमन कार्य सोवारदेखि नै शुरु गर्ने छ । ३वार्तामा संलग्न अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले भने(ूयदि यो अनुगमन समितिले प्रभावकारी र परिणाममुखी काम नगरेमा हामी हरेक विद्यालयका विद्यार्थी र अभिभावक राखेर भण्डाफोर गर्नेछौं ।ू शिक्षा विभागले जारी गरेको शुल्क निर्धारण मापदण्ड निर्देशिका प्याब्सन र एनप्याब्सनले पालन गर्न अस्विकार गर्दै आएका छन्।त्यसका विरुद्ध विद्यार्थी संगठन हरु आफै विभिन्न विद्यालय आफै अनुगमनमा उत्रिए लगत्तै मन्त्रालयले वार्तामा वोलाएको हो। वार्तामा मन्त्रालयका तर्फबाट मन्त्रालयका प्रवक्ता हरि लम्साल,शिक्षा विभागका महानिर्देशक खगराज वराल सहित काठमाडौ,ललितपुर र भक्तपुरका जिसिअहरु संम्लग्न थिए । त्यस्तै विद्यार्थी संगठनका तर्फबाट अखिल(क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारी र प्रवक्ता सुरेन्द्र वस्नेत,अनेरास्ववियुकि अध्यक्ष नविना लामा,नेविसंघका नेता लेखनाथ पोखरेल र प्रवक्ता युपि लामिछाने लगायतको सहभागिता थियो। त्यस्तै एन प्यावसनका अध्यक्ष कर्णवहादुर शाही र प्याब्सनका अध्यक्ष लक्ष्यवहादुर केसि लगायतको पनि उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप