बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मन्त्रीपरिषद्ले स्वीकृत नगरेपछि राष्ट्रपतिको भारत भ्रमण रद्द

शुक्रबार, २४ वैशाख २०७३, १५ : ५४
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौं – आगामी वैशाख २७ गते हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको ५ दिने भारत भ्रमण रद्द भएको छ ।

सरकारले राष्ट्रपतिको भारत भ्रमणलाई अनुमोदन नगरेका कारण उनको भ्रमण रद्द भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारले भ्रमणबारे मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा भ्रमण रद्द भएको बताएका छन् ।

सिचाईं मन्त्री उमेश यादवले आजको बैठकमा राष्ट्रपतिको भारत भ्रमणबारे कुनै छलफल नै नभएको बताए ।

दुई दिनअघि मात्रै राष्ट्रपतिले सितलनिवासमा केही संचारकर्मीसँग आफू भारत जाने तालिका निश्चित भएको बताएकी थिइन् । भारतीय योजनामा सरकार ढाल्ने प्रयास भएको चर्चा चलिरहँदा राष्ट्रपतिको भारत भ्रमणलाई सरकारले स्वीकृति नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता, लुम्बिनीमा आयोजना हुने बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने चर्चा चलेपनि हिजो मात्र भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मोदीको नेपाल भ्रमण गर्ने कुनै पनि तालिका नरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप