इलाममा जीप दुर्घटना
शुक्रबार, २४ वैशाख २०७३, १६ : ०४
इलाम– इलामको शान्तिडाँडामा आज बिहान भएको सवारी दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।
जीतपुरदेखि इलाम सदरमुकामतर्फ आउँदै गरेको मे१ज ६५३ नंको सफारी जिप मङ्गलबारे–नेपालटार सडकखण्डको शान्तिडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी देउमाई नगरपालिका–५ का ७० वर्षीय शशिधर बराल, जीतपुर–२ बस्ने छ वर्षका एञ्जल बराल, उनका बुबा ३२ वर्षीय नेत्रप्रसाद बराल, सोही ठाउँकी ३० वर्षीया सुमित्रा घले, जीतपुर–४ का ३९ वर्षीय देशबहादुर राई, सोही ठाउँकी ४७ वर्षीया शान्ता पौडेल र १९ वर्षीय सहचालक सूर्य राई घाइते भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
अहिले घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरू अधिकांशको टाउको, खुट्टा, हात, ढाँड भाँच्चिएको छ ।
घाइतेमध्ये शशिधर बराल, देशबहादुर राई, सुमित्रा घले, एञ्जल बराल र सूर्य राईलाई थप उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड झापातर्फ लगिएको ट्राफिक प्रहरी श्याम थापाले जानकारी दिए ।
सडक घुम्तीमा ड्राइभरको झ्याल अचानक खोलिएपछि चालक अनियन्त्रित भएर दुर्घटना भएको घाइतेले बताए । चालक सन्तोष राई मङ्गलबारेमा सामान्य उपचारपछि अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । जिपमा नौजना यात्रु सवार थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण