भारतका लागि नेपाली राजदूत उपाध्यायलाई सरकारले फिर्ता बोलायो
शुक्रबार, २४ वैशाख २०७३, २२ : २९
काठमाडौं–भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत भएर उनी सरकारकै विरुद्ध लागेको ठहर गर्दै फिर्ता बोलाउने निर्णय गरेको हो ।
‘उहाँले परराष्ट्र मन्त्रालयसँग समन्वयन नगरी काम कारबाही गर्नुभयो । पटक पटक सचेत गराउँदा पनि बेवास्ता गर्नुभयो’ परराष्ट्र निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘ भारतीय राजदूतसँग घुम्न जाने, मधेसीलाई सरकारविरुद्व उचाल्ने जस्ता काम समेत उहाँबाट भएको पाइयो, त्यसैले फिर्ता बोलाइएको हो ।’
उपाध्यायले राष्ट्रियताको स्वार्थविपरित काम गरेकाले समेत फिर्ता बोलाउन सरकार बाध्य भएको स्रोतको भनाई छ ।
उपाध्याय कांग्रेसको कोटामा भारतका लागि राजदूत भएका थिए । उनी स्वर्गिय पूर्व प्रधानमन्त्री सुशिल कोइराला निकट मानिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण