नेपालमा देखिएको सबै समस्याको मुल कारण भारत : बिजुक्छे
भक्तपुर –नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा देखिएको सबै समस्याको मुल कारण भारत भएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने ‘स्थानीय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरिरहेको छ ।’ स्थानीय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहे सम्म निर्वाचन सम्भव नरहेको बिजुक्छेको दाबी छ । “भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल सरकारको निर्णय भन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलकै कारण उनलाई फिर्ता बोलाउनु सकारात्क हो,” बिजुक्छेले भने । सरकारले ल्याएको नीति तथा कार्यक्रममा शोकेशमा राखेको मिठाई जस्तै भएको भन्दै बिजुक्छेंले नीति तथा कार्यक्रममा लागू गर्न सके राम्रो नसके शोकेशकै मिठाई हुने बताए । नेपाल र भारतको तलब खाएर भारतले राखेका झन्डै २२ हजार कर्मचारीलाई सरकारले कुनै बहानामा छोएमा सरकार परिवर्तनको खेल सुरु हुने उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण