बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

बुधबार, ३१ असार २०८३, १७ : २९
बुधबार, ३१ असार २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल सरकारको निर्णयअनुसार आफ्नो सम्पत्ति विवरण केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा बुझाएका छन् ।
  • पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले आवश्यक विवरण आयोगसमक्ष पेस गरेका हुन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् । नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति विवरण बुझाएको उनको सचिवालयले जनाएको छ । 

‘पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेस गर्नुभएको हो’, सचिवालयले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप