बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आईएमएस ग्रुप साङयोङ मोटर्सको आधिकारी बिक्रेता

बुधबार, २९ वैशाख २०७३, १६ : ४६
बुधबार, २९ वैशाख २०७३

काठमाडौं – आईएमएस ग्रुपले कोरियाको चर्चित कम्पनी साङयोङ मोटर्सको आधिकारी बिक्रेताका रुपमा काम गर्ने भएको छ । मंगलबार काठमाडौँको लाजिम्पाट, उत्तरढोकास्थित साङयोङ शोरुममा आयोजित कार्यक्रममा यसको जानकारी गराइयो ।

एक कार्यक्रमबीच आइएमएस मोटर्सको भव्य उद्घाटनसँगै नयाँ लक्जरी कोरियन ब्रान्ड साङयोङको अनावरण गरिएको थियो ।

नेपालमा साङयोङ शोरुमले टिभोली, कोरान्डो, रेक्सटन, क्यारोन र एक्टयोन जस्ता लक्जरी कार तथा एसयूभीका मोडलहरु ल्याएको छ । यस्ता गाडीमा एबीएस तथा इबिडी सिस्ट, अल्टा हाई स्टेन्थ स्टिलबाट बनेको बडी फ्रेम, टिभोलीको बढी बुटस्ेपश, डुअल अटोमेटिक एसी, एक्टिभ एडब्ल्यू डि लगायत विभिन्न फिचरहरु छन् ।

साङयोङले नेपाली बजारमा टिभोली कार ५३ लाख ७५ हजार, कोरान्डो कार ७५ लाख २५ हजार, रेक्सटन ९९ लाख ७५ हजार र एक्टयोन स्पोर्टस्को ५५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप