बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी बैंकले १५ प्रतिशत बोनश शेयर दिने

बुधबार, २९ वैशाख २०७३, १८ : ०८
बुधबार, २९ वैशाख २०७३

काठमाडौं–लुम्बिनी बैंक लिमिटेडले १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको चितवनमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

बैंकले २०७१÷७२ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनश दिने प्रस्ताव पारित गर्नुका साथै लुम्बिनी बैंक लिमिटेड र बैंक अफ काठमाण्डु लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव लगायत मुल्याङ्कनकर्ताले सम्पत्ति तथा दायित्व र अन्य बिबिध पक्षहरुको समेत मुल्याङ्कन गरी सिफारिस गरेको शेयर अनुपात लुम्बिनी बैंक लिमिटेडको १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डुको ८२.८१ अर्थात गाभिनु अघिको लुम्बिनी बैंक लिमिटेडको १०० कित्ता शेयरलाई बैंक अफ काठमाण्डु लिमिटेडमा गाभिए पश्चात बैंक अफ काठमाण्डु लिमिटेडको ८२.८१ कित्ता शेयर दिने प्रस्ताव पारित गर्न सभामा प्रस्ताव प्रस्तुत हुँदा सर्वसम्मतिबाट पारित भएको बैंकले एक विज्ञप्तीमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप