बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संसदमा मैले नबोलेको कुरा मिडियामा आयोः देउवा

बुधबार, २९ वैशाख २०७३, १८ : २०
बुधबार, २९ वैशाख २०७३

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं–नीजगढ फाष्ट ट्रयाकबारे आफूले संसदमा बोल्दै नबोलेको कुरा मिडियामा आएको दाबी गरेका छन् । उनले आफूले यससम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा परि विचाराधिन रहेको कुरालाई पनि ध्यानमा राखौं भन्ने कुरामात्रै राखेको दाबी गरेका छन् ।’ उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘काठमाडौं–नीजगढ फास्ट ट्रयाकबारे हिजो मैले संसदमा बोलेको विषयलाई लिएर केहि सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ’ उनले विज्ञप्तीमा भनेका छन् ,‘ पूर्ववर्ती सरकारले बुट ऐन अन्तर्गत अन्तराष्ट्रिय प्रतिश्पर्धाबाट छनौट गरी परियोजना सम्झौता प्रक्रिया अगाडि बढाई सम्बन्धित पक्षलाई दिने नदिने कुराको टुंगो लगाउन बाँकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परि विचाराधीन रहेको कुरालाई ध्यानमा राखौं भन्ने मेरो भनाई रहेको स्पष्ट पार्न चाहन्छु ।’

यद्यपी उनले लगानीकर्तामा पनि नकारात्मक सन्देश भने जानु नहुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप