बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हिसानको सातौँ महाधिवेशन बिहीबार

बुधबार, २९ वैशाख २०७३, १८ : ४८
बुधबार, २९ वैशाख २०७३

काठमाडाँै - निजी उच्च माध्यमिक विद्यालयको छाता सङ्गठन उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) को सातौँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडाँैमा हुँदैछ । महाधिवेशनको राष्ट्रिय सभागृहमा बिहीबार बिहान ९ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने हिसानका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । महाधिवेशनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हिसानका महासचिव युवराज शर्माले सवै तयारी पूरा भएको जानकारी गराए । उनका अनुसार महाधिवेशनमा सातसय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा उच्च माध्यमिक विद्यालयका समस्या, चुनौती र अवसर तथा शैक्षिक र प्राज्ञिक मुद्दाहरूमा छलफल गरिने महासचिव शर्माले जानकारी गराए । ‘गुणस्तरीय शिक्षा, हिसानको अभियान–निजीविद्यालयको गौरवशाली योगदान’ भन्ने मूलनाराका साथ बिहीबार र शुक्रबार दुई दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष–एक, उपाध्यक्ष पाँच, क्षेत्रीय उपाध्यक्ष पाँच, महासचिव एक, सचिव छ सहित ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप