बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अझै रोकिएन कालोबजारी : ट्याँकरबाटै तेल बेच्ने प्रहरीद्वारा रंगेहात पक्राउ

बुधबार, २९ वैशाख २०७३, १९ : ३७
बुधबार, २९ वैशाख २०७३
काठमाडौं – डिपोबाट आएको तेल पम्पमा नखन्याइ सिधै ट्याँकरबाट बेच्ने पक्राउ परेका छन्र । नेपाल आयल निगम अमलेखगंज डिपो बाट भुमेश्वोर आयल स्टोर्स धादिङ्गको लागि चलान भएको १२००० लिटर डिजल सिनो हाइड्रो प्रा लि मा झार्दै गर्दा धादिङ्ग प्रहरीले ट्यांकर सहित चालकलाई नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थको अबाभ भएको मौकामा पेट्रोल पम्पबाट सोझै अन्य आयोजनामा पेट्रोलियम पदार्थ बिक्रि गर्न नपाउने प्राबधान रहेकोमा ब्यापारीको मिलेमतोमा इन्धनको कालोबजारी हुदै आएको छ । निगम केन्द्रिय कार्यालयको परिपत्र अनुसार बिक्रेताले कुल आपूर्तिको २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ औचित्यताका आधारमा जर्किन लगायतमा बेच्न पाउनेमा अभावको मौकामा उपभोक्तालाई नबेची ब्यापारीको मिलेमतोमा इन्धन को कालोबजारी हुदै आएको छ । व्यापारीले महँगो मुल्यमा उद्योग लगायत आयोजनामा इन्धन बिक्रि गरेकै कारण हाल सम्म समेत पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन सकेको छैन । अमलेखगञ्जमा आयल निगमले केही समय अघिमात्र खिलेन्द्र कार्कीलाइ पठाएको थियो । कार्कि पनि विवादास्पद छविका व्यक्ति भएकोले मिलेमतोमा कालोबजारी हुनसक्ने आशंका छ । उनले गत महिना गुणस्तर तथा नापतौल विभागको अनुगमनटोलीलाई आफ्नो डिपो अनुगमन गर्न नपाउने भन्दै फिर्ता पठाएर विबादमा आएका थिए । यसबारेमा बुझ्न कार्कीसंग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप